Kathmandu Press

अझै लाग्न सकेन विद्युतीय बस खरीदको टुंगो

काठमाडौं, मंसिर १३ : सरकारले साझा यातायातमार्फत खरीद गर्ने भनिएका विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन। 

बस खरीदका लागि भौतिक....

अझै लाग्न सकेन विद्युतीय बस खरीदको टुंगो
फाइल

काठमाडौं, मंसिर १३ : सरकारले साझा यातायातमार्फत खरीद गर्ने भनिएका विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन। 

बस खरीदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको तीन अर्बको शेयर खरीद गरेको पाँच महिना बित्दासमेत खरीद प्रक्रिया अन्योलमा छ।

सरकारले दिएको ‘स्पेसिफिकेशन’ (कस्तो बस खरीद गर्ने भन्ने विवरण) र साझाले बस खरीदका लागि गरेको तयारीमा फरक देखिएको भनी दशैँ पहिले खरीद प्रक्रिया अघि नबढाउन साझालाई निर्देशन दिएको थियो। त्यसपछि मन्त्रालय र संस्थाबीच दुईपटक बैठक भए पनि टुङ्गो लाग्न नसकेको प्रवक्ता राजेश्वर ज्ञवालीले बताए।  

उनका अनुसार बस खरीद साझामार्फत नै गरिने भए पनि कुन रूपमा गर्ने भनी टुङ्गो लाग्न नसकेको हो। उनले भने,‘आगामी बैठकबाट बाँकी विषय टुंग्याएर बस खरीद प्रक्रिया अघि बढाइनेछ।’ काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा ठूला बस सञ्चालन गर्दै आएको साझाले नेपाल सरकार मात्रै नभएर प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा विद्युतीय बस खरीद गर्ने र सञ्चालन गर्ने योजना बनाएको थियो। 

विद्युतीय बस खरीदका लागि प्रदेश नं ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले १० करोड रुपैयाँको शेयर खरीद गरेका थिए। ललितपुर महानगरपालिका र साझा आफैँले दुई करोड ५० लाख लगानी गरेर विद्युतीय बस खरीद गर्ने बताइएको थियो। 

प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, मंसिर १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्