Kathmandu Press

कालीगण्डकी नदीमा थपिँदै अर्को लामो झोलुङ्गे पुल

गलकोट, भदौ ७ : लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे...
कालीगण्डकी नदीमा थपिँदै अर्को लामो झोलुङ्गे पुल

गलकोट, भदौ ७ : लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ।

बागलुङबाट पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ। बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण शुरु गरिएको हो। यो पुल सात करोड लागतमा निर्माण हुन जनाइएको छ।

दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंसँग हिमशिखर कन्ट्रक्शन निर्माण कम्पनीबीच सम्झौता भएर काम अगाढि बढाइएको छ। बागलुङ–१ रामरेखाबाट पर्वतको कुश्मा–१ अदुवाबारी जोड्ने पाँच सरय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि पुनः बागलुङ र पर्वत जोड्ने अर्को लामो झोलुङ्गे पुल निर्माण थालिएको हो।

बागलुङको गौरीधामबाट पर्वत जिल्लाको जलजलास्थित ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको पुल निर्माणको बागलुङ तर्फबाट जग खन्ने कार्यको थालनी गरिएको हो।

बागलुङ-४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बागलुङ बजारलाई पर्वतको जलजला गाउँपालिकासँग जोड्दा बागलुङ बजारको व्यापार– व्यवसाय बढ्ने र जलजलावासीहरू घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुने बताए। (रासस)

प्रकाशित मिति: ०७:३५ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्