Kathmandu Press

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता हुँदै

काठमाडौं, मंसिर १३ : नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक भित्र्याउने योजनालाई सहयोग गर्न ‘वि विल राईज’ले भिडियो च्यालेञ्ज प्रतियोगिता आयोजना ग....

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता हुँदै

काठमाडौं, मंसिर १३ : नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक भित्र्याउने योजनालाई सहयोग गर्न ‘वि विल राईज’ले भिडियो च्यालेञ्ज प्रतियोगिता आयोजना गर्ने भएको छ।

देशका ओझेलमा रहेका पर्यटकीय स्थललाई उजागर गर्ने प्रयास स्वरुप राईजले ‘मेरो गाउँ, मेरो ठाउँ’ भन्ने अभियानअन्तर्गत भिडियो च्यालेन्ज प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

शुक्रबार नेपाल भ्रमण वर्ष सचिवालयमा एक कार्यक्रमको आयोजना गरि दोस्रो चरणको भिडियो च्यालेन्ज प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको हो।

फाउन्डेसनका कार्यक्रम संयोजक प्रभात रिमालले प्रतियोगितामा सहभागिता जनाउन डिसेम्बर १ देखि भिडियो पठाउन सकिने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउने सहभागिले महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, स्थानीय वेषभुषा, जातजातिको पहिचान, खानपान, कला संस्कृतिलगायतका विषयबस्तुलाई समेटेर पाँच मिनेटको भिडियो बनाउनु पर्नेछ।

यसमा विभिन्न १० विधामा दिईने अवार्डका लागि ७० वटा भिडियो मनोनयन गरिनेछ। मनोनयमा परेका भिडियोमध्ये उत्कृष्ट १० भिडियोलाई आगामी अप्रिलमा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिने जनाएको छ।

प्रतियोगितामा पहिलो हुनेलाई पाँच लाख, दोस्रोलाई तीन लाख, तेस्रोलाई दुई लाख र बाँकी सात विधामा एक–एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

वि विल राईजले सन् २०१९ मा पहिलोपटक भिडियो च्यालेन्ज प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा सातै प्रदेशबाट सहभागिता रहनेगरि एक सय ३२ भिडियो प्राप्त भएका थिए।

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, मंसिर १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्