Kathmandu Press

भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा इराकमा २५ को मृत्यु, सैनिक कमाण्डर नै बर्खास्त

एजेन्सी, मंसिर १३ : इराकमा भ्रष्टाचारविरोधी आन्दोलनमा सरीक २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएको छ । त्यहाँका प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्ष....

भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा इराकमा २५ को मृत्यु, सैनिक कमाण्डर नै बर्खास्त

एजेन्सी, मंसिर १३ : इराकमा भ्रष्टाचारविरोधी आन्दोलनमा सरीक २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएको छ । त्यहाँका प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमाण्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई एकै दिनमा जिम्मेवारीबाट हटाउँदै पदबाटसमेत बर्खास्तका लागि सिफारिस गरेका छन् । बर्खास्त गरिएका कमाण्डरलाई बिहीबार नै नासिरियाका लागि खटाइएको थियो ।

इराकी सेनाक प्रमुखसमेत रहेका प्रधानमन्त्री अब्देल मेहदीले बर्खास्तमा परेका जमिल सुमारीलाई नासिरियामा पठाउँदै दक्षिणी इराकका शहरी इलाकामा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए । इराकी टेलिभिजनले प्रधानमन्त्री कार्यालयको सूचनालाई उद्धृत गर्दै सुमारीलाई जिम्मेवारीबाट हटाइसकिएको उल्लेख गरेको छ । इराकी राज्य धिकारको राजधानी नासिरिया प्रवेश गर्ने तीन पुल प्रदर्शनकारीले कब्जामा लिएपछि सुरक्षाकर्मीसँग भएका झडपका क्रममा नासिरियामा एकै दिनमा  २५ जनाको मृत्यु भएको नाम उल्लेख नगर्ने शर्तमा एक सैनिकले बताए । घटनामा १०० भन्दा बढी प्रदर्शनकारी घाइते बनेका छन् । झडपमा कैयौँ सुरक्षाकर्मीसमेत घाइते भएका बताइएको छ ।

Hardik ivf

कफ्र्यूको अवज्ञा गर्दै हजारौँ नागरिकले मृत शरीरलाई शहर घुमाएपछि उनीहरूको अन्त्येष्टि गरिएको छ । प्रदर्शनकारीले नासिरियास्थित इरानी बाणिज्य दूतावासलाई नाटकीयरूपमा आगजनी गरेका छन् । सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमाथि सैनिक हस्तक्षेप गर्दै तत्कालिन शासक सद्दाम हुसेनलाई अपदस्त गरेपछि राजधानी बग्दाद र दक्षिणमा विरोध र आन्दोलनमार्फत इराकी जनताले उनीहरूको सरकार र इरानस्थित त्यसका सहयोगीहरूविरूद्ध प्रदर्शन गर्दै आएका छन् । बुधबार राति प्रदर्शनकारीले इराकी राजनीतिमा तेहरानको प्रभावप्रति क्रोध प्रदर्शन गर्दै पवित्र स्लामिक शहर नाजाफमा रहेको बाणिज्य दूतावासमा आगजनी गरेका थिए ।

उनीहरूले आगजनीपछि इराकबाट इरानी हस्तक्षेप अन्त्यको घोषणा गर्दै इराकको विजय भएको भन्ने भावका नाराहरू लगाएका थिए । यसैबीच धिकारका शहरी क्षेत्रमा प्रदर्शनकारी हिंसात्मकरूपमा उत्रिएपछि बिहीबार मध्यान्नदेखि अर्को सूचना नहुँदासम्मका लागि सरकारले कफ्र्यू आदेश जारी गरिएको इराकी सैनिक स्रोतले जानकारी दिएको छ । अक्टोबरको सुरूदेखि नै राजधानी बग्दादलगायतका मध्य तथा दक्षिणी क्षेत्रमा ठूलो सहभागितासहितको प्रदर्शन जारी रहेको छ ।

प्रदर्शनकारीहरूले इराकको समग्र सुधार, भ्रष्टाचारप्रति जवाफदेहीता, सार्वजनिक सेवाहरूमा सुधार तथा रोजगारीलगायतका मागसहित करिब दुई महिनासम्म निरन्तर आन्दोलन गरिरहेका छन् । 

प्रकाशित मिति: ०६:३६ बजे, शुक्रबार, मंसिर १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्