Kathmandu Press

हस्तकलाका सामग्री प्रवर्द्धन गर्न सरकार तयार : अर्थमन्त्री खतिवडा

काठमाडौं, मंसिर १२ : अर्थमन्त्री डा.युवराज खतिवडाले हस्तकलाका सामग्री प्रवर्द्धन गर्न तयार रहेको बताएका छन्। उनले त्यसका लागि व्यवसायीलाई ठोस योजना लि....

हस्तकलाका सामग्री प्रवर्द्धन गर्न सरकार तयार : अर्थमन्त्री खतिवडा

काठमाडौं, मंसिर १२ : अर्थमन्त्री डा.युवराज खतिवडाले हस्तकलाका सामग्री प्रवर्द्धन गर्न तयार रहेको बताएका छन्। उनले त्यसका लागि व्यवसायीलाई ठोस योजना लिएर आउन आग्रह गरेका छन्।

बिहीबार १७औं हस्तकलाको उद्घाटन गर्दै मन्त्री डा.खतिवडाले व्यवसायीलाई सरकारप्रति असन्तुष्ट रहेका बिन्दूलाई समेटेर एक वर्षको कार्यतालिका बनाएर आउन आग्रह गरेका हुन्। ‘नेपाली हस्तकलाका सामग्री प्रवर्द्धनका लागि सरकार तयार छ,’ मन्त्री खडिवडाले भने, ‘नीति र कार्यक्रमबीच तालमेल नभएमा आउनुस्, छलफल गरौं, सघाउन हामी तयार छौं।’

उनले नेपाल भ्रमण वर्ष २०२० मा विदेशी पर्यटकलाई हस्तकलाका सागग्रीले समेत आर्कषण गर्न सकिने बताए। ‘भ्रमण वर्ष भरका लागि निश्चित क्षेत्र तोकेर हामीले हाम्रा सामग्रीहरु पर्यटकलाई देखाउने वातावरण निर्माण गर्नुपर्छ,’ उनले भने।

नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले हस्तकलाका सामग्रीको प्रवद्धनका लागि सहयोग गर्नुपर्ने बताए। उनले पछिल्लो समय भारत र चीनलगायतका देशले हस्तकला सामग्रीको प्रवद्र्धन गरेपछि नेपालको निर्यातदर घटेकाले लगानीको वातावरण निर्माण गर्न आग्रह गरे।

महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यका अनुसार, हाल ८० देशमा नेपाली हस्तकलाका सामग्रीहरू निर्यात हुँदै आएको छ। यसबाट करिव १० लाखले रोजगार पाएका छन्।

उनका अनुसार, २५ प्रकारका सामग्री निर्यात हुँदै आएको छ भने यो वर्षमात्रै साढे पाँच अर्बको सामग्री निकासि भएको छ।

मेलामा दुई सय स्टल राखिएको १७औं हस्तकला मेलाका प्रमुख संयोजक धर्मराज शाक्यले बताए। जसमा भारत, श्रीलंका र बंगलादेशलगायतका देशबाट २० वटा स्टल राखिएका छन्।

नेपाल हस्तकला महासंघले सन् २००२ देखि व्यापार मेला सञ्चालन गर्दै आएको छ। आजबाट सुरू भएको समारोह पाँच दिनसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: १५:०० बजे, बिहीबार, मंसिर १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्