लायन्स खैरेनीटारले गर्यो विद्यालयमा आकस्मिक स्वास्थ्य कक्ष स्थापना
काठमाडौं, साउन ३१ : लायन्स क्लब अफ तनहुँ खैरेनीटारले शुक्लागण्डकी नगरपालिका–७ मा रहेको सरस्वती नमुना माध्यमिक विद्यालयमा आकस्मिक स्वास्थ्य कक्ष स्थापना गरेको छ...
काठमाडौं, साउन ३१ : लायन्स क्लब अफ तनहुँ खैरेनीटारले शुक्लागण्डकी नगरपालिका–७ मा रहेको सरस्वती नमुना माध्यमिक विद्यालयमा आकस्मिक स्वास्थ्य कक्ष स्थापना गरेको छ ।
विद्यालयमा हुने आकस्मिक बिरामी वा दुर्घटना भएको अवस्थामा उपचार गराउन सहज होस भन्ने उद्देश्य सहित उपचार कक्षको स्थापना गरेको क्लबका अध्यक्ष नारायण पोख्रेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ ईन्टरनेश्नल ३२५ एल नेपालका डिस्ट्रीक गभर्नर रत्न वज्राचार्यले क्लबले गरेको कार्य उत्कृष्ट रहेको बताए । साथै उनले ‘एक क्लब एक आकस्मिक कक्ष कार्यक्रम’ यसै कार्यक्रमबाट सुरूवात भएको बताए ।
कार्यक्रम बोल्दै विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले सरकारले गर्न नसकेको काम लायन्स ले गरेको बताए । साथै विद्यालयले पनि उपचार कक्षको संरक्षण र संबद्धनमा सहयोगी भुमिका निर्वाह गर्ने बताए ।
प्रकाशित मिति: २०:१० बजे, मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार