Kathmandu Press

रत्न राजमार्गमा राति मोटरसाइकल चलाउन रोक

सुर्खेत, साउन ३१ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातिको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक  लगाएको छ। प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना...
रत्न राजमार्गमा राति मोटरसाइकल चलाउन रोक
Hardik ivf

सुर्खेत, साउन ३१ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातिको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक  लगाएको छ। प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्गको सुर्खेत–नेपालगञ्जको कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको हो।

आइतबार बिहान जङ्गली जनावरको आक्रमणबाट भेरीगङ्गा नगरपालिका–५ गेरवानी सुर्खेतका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको मृत्यु भएको थियो। उक्त मृत्युको घटनाले ध्यानाकर्षण भएको बताउँदै प्रशासनले नागरिक सचेतनाका लागि यो सूचना गरिएको कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए।

सोही घटनालाई लिएर त्यहाँका स्थानीयवासीले सोमबार आन्दोलन गर्दा सडक अवरुद्ध भएको थियो। प्रशासनले उक्त अवरुद्ध सडक छ घण्टापछि खुलाएको थियो। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनका लागि साना दुई पाङ्ग्रे सवारी साधनलाई रातको अवधिमा सञ्चालन नगर्ने, दिनमा चार पाङ्ग्रे सवारी साधनको अगाडि/पछाडि सञ्चालन गर्ने र त्यसका लागि सुरक्षा निकायले आ–आफ्ना युनिटहरुलाई निर्देशन दिने निर्णय भएको अधिकृत लामिछाने बताए।

प्रकाशित मिति: १८:४४ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्