सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौ पनि हल्लियो
काठमाडौ, मंसिर १२ : सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टर स्केलको भूकम्प गएको छ ।
बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक....

काठमाडौ, मंसिर १२ : सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टर स्केलको भूकम्प गएको छ ।
बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का सिन्धुपाल्चोकसहित त्यसआसपासका जिल्ला र उपत्यकामा पनि महसुश भएको थियो ।
प्रकाशित मिति: ०६:३४ बजे, बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार