Kathmandu Press

सहयात्री को अपरेटिभले दियो पुतलीबजार नगरपालिकालाई सपिङ ब्याग

काठमाडौं, साउन २९ : सहयात्री को अपरेटिभ लिमिटेड स्याङ्जाले संस्थाको ११ औ बार्षिक उत्सबको अबसरमा सपिङ ब्याग बितरण शुभारम्भ गरेको छ । सफा पुतलीबजार...
सहयात्री को अपरेटिभले दियो पुतलीबजार नगरपालिकालाई सपिङ ब्याग

काठमाडौं, साउन २९ : सहयात्री को अपरेटिभ लिमिटेड स्याङ्जाले संस्थाको ११ औ बार्षिक उत्सबको अबसरमा सपिङ ब्याग बितरण शुभारम्भ गरेको छ । 

सफा पुतलीबजार राख्न, हाम्रो सानो प्रयत्न नारा अंकित झोला पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीलाई हस्तान्तरण गरि शुभारम्भ गरिएको हो । प्लास्टिकजन्य झोला बिस्थापन गर्न सहयोग पुर्याउने उद्देश्यले बितरण गर्न लागिएको हो ।

Hardik ivf

झोला ग्रहण गर्दै नगर प्रमुख रेग्मीले सहयात्रीले स्थापनाकालदेखि नै विभिन्न रचनात्मक काम गर्दै आएको स्मरण गर्दै बार्षिक उत्सबको अबसरमा स्वच्छ र सफा पुतलिबजार निर्माणमा हातेमालो गरेकोमा आभार ब्यक्त गर्दै प्लास्टिकमुक्त पुतलिबजार बनाउन सबैले सहकार्य र सहयोग गरिदिन आग्रह गरे । 

कार्यक्रममा वातावरण तथा सरसफाई शाखा प्रमुख धन प्रसाद कोईराला, सहकारि शाखा प्रमुख बिष्ण ढकाल, प्रेम थापा, सब ईन्जिनियर अरुण पौडेल, वडा नं ३ अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ लगायतले स्वच्छ पुतलिबजार निर्माणका लागि एउटा उदाहरणीय अभियान भएकाले नगरबासिले ब्यबसाय र किनमेलमा प्लाष्टिक झोलाको प्रयोग नगरि सो झोलाको प्रयोग गरिदिन आग्रहकासाथ शुभकामना प्रदान गरेका थिए । 

सहकारिले पहिलो चरणमा नगरभित्रका ५००० घरधुरिमा उक्त झोला बितरण गर्ने र पुतलीबजार नगरपालिकासंग समन्वय नगरभित्रका १२००० घरधुरिमा पुर्याउने लक्ष्य रहेको संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक श्री बहादुर गुरुङ्ले जानकारी दिए ।

२०६९ सालमा स्थापित सहकारिमा २०२० शेयर सदस्य रहेका छन । संस्थाले विभिन्न समाजसेवाका कार्यहरु गर्दै आएका छन् । 

प्रकाशित मिति: २०:५४ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्