Kathmandu Press

एक सातापछि खुल्यो बेनी–दरबाङ सडक

बेनी, साउन २८: म्याग्दीका तीन वटा पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि खुलेको छ ।मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु...
एक सातापछि खुल्यो बेनी–दरबाङ सडक

बेनी, साउन २८: म्याग्दीका तीन वटा पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि खुलेको छ ।

मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको पुलमा पर्खाल बगाएर जोखिम भएपछि आवतजावत बन्द गरिएको थियो ।

Hardik ivf

मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले पर्खाल निर्माण गरेर मर्मत गरेपछि सडक खुलेको जानकारी दिनुभयो । बेनी–दरबाङ सडक मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । सडक विभागका अनुसार वर्षाका कारण अझै पनि तीन वटा मुख्य सडक पूर्ण र १२ वटा आंशिक रुपमा बन्द छन् ।

कर्णाली राजमार्ग, साँफेबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी सडकका विभिन्न खण्ड बन्द छन् । बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी सडक रसुवाको बनुवामा अवरुद्ध भएकोमा वैकल्पिक सडक खुलाएर साना गाडी जाने व्यवस्था मिलाइएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

कोसी राजमार्ग, पृथ्वी, त्रिभुवन राजमार्ग, डुम्रे–बेसीसहर–चामे सडक, कर्णाली राजमार्ग र पुष्पलाल मध्यपहाडी राजमार्गको विभिन्न खण्ड बाढी र पहिरो:का कारण अवरुद्ध बनेकामा आंशिक रुपमा खुलाइएको सडक विभागले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०८:०४ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्