एनसेलले ल्यायो रिचार्जमा चमत्कार योजना
काठमाडौं, मंसिर १० : एनसेलले हरेक हप्ता २ लाख र हरेक महिना १० लाख उपहार जित्ने ‘रिचार्जमा चमत्कार’ योजना ल्याएको छ । मंसिर १ गतेदेखि....

काठमाडौं, मंसिर १० : एनसेलले हरेक हप्ता २ लाख र हरेक महिना १० लाख उपहार जित्ने ‘रिचार्जमा चमत्कार’ योजना ल्याएको छ । मंसिर १ गतेदेखि सुरु भएको उक्त योजना अनुसार टिभी र आफ्नो फेसबुक पेज मार्फत रिचार्ज गर्दा भाग्यशाली कोडहरुको घोषणा गरिने भएको छ।
एनसेलले कष्टमर लोयल्टी योजना अन्तर्गत ‘रिचार्जमा चमत्कार’ अफर जारी गरेको हो । योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ताका विजेता ग्राहकहरुलाई एनसेलले शुक्रबार पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा एक सय वा यस भन्दा बढिको रिचार्ज गरि साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन सक्नेछन्। आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।
यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । एनसेलले आफ्ना ग्राहकहरुका लागि कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको जनाएको छ ।
यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।










-1754206481.jpg)
