बुद्ध एयरको कोलकाता उडान बन्द
काठमाडौं, मंसिर १० : निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकाता उडान बन्द गर्ने तयारी गरेको छ।
सरकारले घोषणा ....

काठमाडौं, मंसिर १० : निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकाता उडान बन्द गर्ने तयारी गरेको छ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले कोलकाता उडान सुरू गरेको बुद्धले छोटो समयमै करोडौँ नोक्सान भएपछि उडान बन्दको घोषणा गरेको हो।
बुद्धका बजार व्यवस्थापक रुपेश जोशीका अनुसार मंसिर १६ गते बुद्धको कोलकाला उडानको अन्तिम दिन हो। ‘सरकारको योजनालाई साथ दिन कोलकाता उडान सुरू गरेका थियौ तर सरकारी तवरबाट केही सहयोग भएन,’ उनले भने, ‘६ महिनामा १० करोडभन्दा बढि नोक्सान भएपछि उडान बन्द गर्न बाध्य भयाँै।’ पर्यटन प्रवद्र्धन गर्ने पलहलाई सरकारले सहयोग नगर्दा अप्ठ्यारो भएको उनले बताए।
नेपालवाट कोलकाला उडान राम्रो भएपनि कोलकातावाट नेपाल आउने यात्रुको संख्यामा बृद्धि हुन नसक्दा उडान बन्द गर्नु परेको बुद्धले जनाएको छ। भारत केन्द्रीत अन्तर्राष्ट्रिय उडानको तयारी गरेको बुद्धले कोलकाता उडानमा करोडौ खर्च व्यहोरे पछि गुवाहाटी उडानको योजना पनि पछाडि सारेको छ।
कोलकाता उडान बन्द भएपनि बनारस उडान भने निरन्तर हुने बुद्ध एयरले जनाएको छ। कोलकाला उडान बन्दका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतको सिभिल एभिएसनलाई खबर गरेको छ।
बुद्ध एयरले जेठ १३ गतेदेखि एटीआर ७२–५०० विमानबाट काठमाडौं–कोलकाता उडान सुरू गरेको थियो। सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार गरि ६ महिनामा एक सय ५० उडानमार्फत ६ हजार यात्रुलाई सेवा प्रवाह गरेको जनाएको छ।
अहिले बुद्ध एयरसँग सात वटा ७२ सिटे एटिआर ७२–५००, तीन वटा ४२ सिटे एटीआर ४२–३२० र दुई वटा १९ सिटे बिचक्राफ्टले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्।
आन्तरिक उडानतर्फ पोखरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा, विराटनगर, भद्रपुर उडान गरिरहेको छ। त्यस्तै पोखरा विमानस्थलवाट भरतपुर र भैरहवा उडान गर्दै आएको छ।










-1754206481.jpg)
