Kathmandu Press

स्थानीय निर्वाचनमा दुर्घटनाबाट ज्यान गुमाएका ढकालको बीमा रकम भुक्तानी 

काठमाडौं, साउन २४ : स्थानीय तहको निर्वाचन २०७९ मा खटिएको समयमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनु भएका वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारी हृदयराम ढकालको...
स्थानीय निर्वाचनमा दुर्घटनाबाट ज्यान गुमाएका ढकालको बीमा रकम भुक्तानी 
Hardik ivfHardik ivf

काठमाडौं, साउन २४ : स्थानीय तहको निर्वाचन २०७९ मा खटिएको समयमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनु भएका वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारी हृदयराम ढकालको बीमा रकम भुक्तानी गरिएको छ ।

गएको वैशाख ३० गते सम्पन्न वीरेन्द्रनगर नगरपालिका वडा नं ३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिनु भएका सहायक मतदान अधिकृत ढकालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।

निर्वाचन आयोगले राष्ट्रिय बीमा कम्पनिसँग स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारीहरुको लागि २० लाख रुपैयाको दुर्घटना बीमा सम्झौता गरेको थियो ।
सोही अनुसार प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र राष्ट्रिय बीमा कम्पनि सुर्खेतले मंगलबार एक कार्यक्रमका बीच स्व. ढकालका परिवारलाई बिमा रकम हस्तान्तरण गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गा प्रसाद चालिसे, राष्ट्रिय बीमा कम्पनि सुर्खेतका प्रमुख शिबराज बिसीको उपस्थितिमा स्व।ढकालको श्रीमती सुस्मा ढकाललाई २० लाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए । 

प्रदेश निर्वाचन कार्यालयका प्रमुख चालिसेले स्थानीय तहको निर्वाचनमा खटिएको समयमा दुर्घटनामा परेर ज्यान गुमाउनु भएका ढकालको परिवारलाई राहत स्वरुप बीमा रकम हस्तान्तरण गरिएको बताए ।

रकम हस्तान्तरण कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकालले नगरपालिकाले राष्ट्रसेवक कर्मचारी गुमाउँदा दुःख व्यक्त गर्दै यस बिमा रकमले परिवारको जीवननिर्वाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उहाँले नगरपालिकाको तर्फबाट पनि स्वर्गीय ढकाललको परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति: १९:३५ बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्