Kathmandu Press

सार्वजनिक यातायातका चालक र सहचालकलाई प्रशिक्षण

काठमाडौं, मंसिर ९ : नेपाल भ्रमर्ण वर्ष २०२० लाई लक्षित गरेर सोमबार सार्वजनिक यातायातका चालक तथा सहचालकलाई तालिम दिइएको छ।

भ्रमण वर्षको संघार....

सार्वजनिक यातायातका चालक र सहचालकलाई प्रशिक्षण

काठमाडौं, मंसिर ९ : नेपाल भ्रमर्ण वर्ष २०२० लाई लक्षित गरेर सोमबार सार्वजनिक यातायातका चालक तथा सहचालकलाई तालिम दिइएको छ।

भ्रमण वर्षको संघारमा चालक तथा सहचालकलाई पर्यटक तथा यात्रुमैत्री व्यवहार सम्बन्धी तालिम दिइएको हो। पर्यटक नेपाल आउदा सहयोग पुग्ने उदेश्यले सार्वजनिक बसका चालक तथा सहचालकलाई तालिम दिईएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ।

तालिममा सार्वजनिक सवारी साधनका चालक तथा सहचालक गरि करिव एक हजार जनालाई तालिम दिइएको जनाएको छ।

तालिममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सार्वजनिक बसका चालक तथा सहचालकको राम्रो व्यवहारले पर्यटकलाई खुशी पार्न सहयोग पुग्ने भएकाले राम्रो व्यवहार गर्न आग्रह गरे।

तालिममा चालक र सहचालकलाई सरसफाई तथा यात्रुलाई गर्ने व्यबहारबारे सिकाइएको थियो।

मन्त्रालय, नेपाल पर्यटन बोर्ड, भ्रमण वर्ष सचिवालय, काठमाडौं महानगरपालिका र विभिन्न ट्रेड युनियनको सहयोगमा तालिम सञ्चालन गरिएको हो।

 

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, मंसिर ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्