Kathmandu Press

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध

पर्वत, साउन २१ : गएराति गएको पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा–बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ।केही दिनदेखिको वर्षाले कुश्मा नगरपालिका–४ डम्डारेखोलामा पहिरो खसेको हो। पहिरोले...
पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध

पर्वत, साउन २१ : गएराति गएको पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा–बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ।

केही दिनदेखिको वर्षाले कुश्मा नगरपालिका–४ डम्डारेखोलामा पहिरो खसेको हो। पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङ, बाग्लुङ र म्याग्दीबाट छुटेका गाडी बाटोमै अलपत्र परेका छन्।

पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए। उनका अनुसार ढुंगासहितको लेदो बगेकाले समय लाग्ने भएको छ।

वर्षायाम लागेसँगै यो सडकखण्ड पटकपटक पहिरो गएर अवरुद्ध हुँदै आएको छ।

प्रकाशित मिति: ०७:५४ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्