Kathmandu Press

नेपाल एयरलाइन्सको जहाजमा भ्रमण वर्षको लोगो राखिने

काठमाडौं, मंसिर ८ : नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने नेपाल वायुसेवा निगमले पनि विभिन्न कार्यक्रम गर्ने भएको छ। जसमा नेपाल एयरलाइन्सका जहाजमा पनि भ्रमण....

नेपाल एयरलाइन्सको जहाजमा भ्रमण वर्षको लोगो राखिने

काठमाडौं, मंसिर ८ : नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने नेपाल वायुसेवा निगमले पनि विभिन्न कार्यक्रम गर्ने भएको छ। जसमा नेपाल एयरलाइन्सका जहाजमा पनि भ्रमण वर्षको लोगो राखिने भएको छ।

निगमले आइतबार प्रेस विज्ञप्ति जारी गरि भ्रमण वर्ष २०२० लाई सफल बनाउन रणनीतिक कार्य योजनालाई थप परिष्कृत एवं परिणाममुखी बनाउने जनाएको छ। मंसिर ५ गते बसेको निगम सञ्चालक समितिको बैठकले निगमको सम्पूर्ण विमान र निगमको स्वामित्वमा रहेको सबै सवारी साधनमा भ्रमण बर्षको लोगो राख्ने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेश मिश्रले बताए। त्यसका लागि सबै विभागलाई निर्देशन दिएको जनाएको छ।

त्यस्तै निगमले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य र व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी डिजिटल मिडिया सेलवाट फेसबुक, ट्वीटर, ईन्स्टाग्राम र यूट्युबमा पनि पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री राखिने जनाएको छ।

त्यस्तै भ्रमण वर्षलाई लक्षित गरि निगमले केन्द्रीय कार्यालयस्थित बिक्री कक्ष राति ८ बजेसम्म खुल्ला राखिने भएको छ। काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीसँग सम्झौता गरि विदेशबाट आएका यात्रुलाई निगमका बाह्य स्टेसनवाट प्याकेजमा टिकट बिक्रीको व्यवस्था गरिने जनाएको छ।

भ्रमण वर्ष २०२० लक्षित थप कार्यक्रम गर्न पाँच जना निर्देशक सम्मिलित समिति गठन गरेको छ भने मिडिया र पर्यटक सहजिकरणका लागि उप–समिति गठन गरिने जनाएको छ।

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, मंसिर ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्