Kathmandu Press

सिरियामा बिष्फोटमा परी १० को मृत्यु, कैयौँ घाइते

एजेन्सी, मंसिर ८ : सिरियाली विद्रोहीको प्रभाव क्षेत्र राका प्रान्तमा भएको वम विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्....

सिरियामा बिष्फोटमा परी १० को मृत्यु, कैयौँ घाइते

एजेन्सी, मंसिर ८ : सिरियाली विद्रोहीको प्रभाव क्षेत्र राका प्रान्तमा भएको वम विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन् ।

विष्फोटमा परी २५ जनाभन्दा बढी घाइते भएका बताइएको छ । राकाको ग्रामिण इलाका ताल अब्याद टर्कीको सिमानामा रहेको टर्कीको सहयोगप्राप्त विद्रोहीको प्रभाव क्षेत्र हो । सिरियाली मानवअधिकार अनुगमन संस्थाका अनुसार घटनामा कम्तीमा पाँच जना सर्वसाधारण परेका र पाँच विद्रोही रहेको बताइएको छ ।

Hardik ivf

उक्त घटनामा २२ जना सख्त घाइते भएका छन् भने केहीलाई सामान्य चोट लागेको बताइएको छ । घाइतेमध्ये केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या थप वृद्धि हुनसक्ने बेलायतस्थित उक्त संस्थाले जनाएको छ ।

गत महिना टर्कीले आफ्नो सीमा क्षेत्रमा रहेका कुर्दिस नियन्त्रित क्षेत्रमा आक्रमण गरेपछि उनीहरू (विद्रोही लडाकू) तेल अब्यादमा प्रवेश गरेका थिए । 

प्रकाशित मिति: ०६:४० बजे, आइतबार, मंसिर ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्