Kathmandu Press

ट्राफिक कारबाहीबाट २१ लाख राजस्व संकलन

स्याङ्जा, साउन १४ : सवारी दुर्घटनामा परेर यहाँ एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको छ। गएको आर्थिक वर्ष २०७८/७९ मा १३ सवारी...
ट्राफिक कारबाहीबाट २१ लाख राजस्व संकलन

स्याङ्जा, साउन १४ : सवारी दुर्घटनामा परेर यहाँ एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको छ। गएको आर्थिक वर्ष २०७८/७९ मा १३ सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।   

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा पाँच जिप, तीन मोटरसाइकल, दुई ट्र्याक्टर, एक बस, एक टिप्पर र एक मिनीट्रक दुर्घटनामा परेका छन्। ती सवारी दुर्घटनामा १५ पुरुष, पाँच महिला र चार बालकको ज्यान गएको हो।  

Hardik ivf

यस्तै दुर्घटनामा परेर २३ जना घाइते भएका हुन्। ट्राफिक नियमको पालना नहुनु, कच्ची सडक लगायतका कारणले सवारी दुर्घटना हुने गरेको जनाइएको छ।

यसैबीच गएको एक वर्षमा ट्राफिक प्रहरीले बैतडीमा तीन हजार आठ सयभन्दा बढी सवारी साधनहरुलाई कारबाही गरेको छ। गत आव २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार आठ सय २६ सवारी साधनलाई कारबाही गरिएको हो  ।

ट्राफिक नियम उल्लङ्घन  गर्ने ४ सय १५ ट्रक÷ट्याङ्कर, ६४ बस, दुई हजार ९३ जीप, कार र भ्यान कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामसिंह भण्डारीले बताए। 

यस्तै तीन सय दुई ट्याक्टर, सात सय ७२ मोटरसाइकल र एक सय ४० अन्य सवारीसाधन कारबाहीमा परेका छन्। सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमताभन्दा धेरै यात्रु बोक्ने, तीव्र गति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लङ्घन गर्ने सवारी साधन  कारबाहीमा परेका बताइएको छ।

सवारीसाधन कारबाहीबाट रु. २१ लाख १८ हजार राजस्व संकलन भएको  छ।

प्रकाशित मिति: १५:५१ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्