Kathmandu Press

चितुवाको आक्रमणबाट वृद्ध घाइते

बैतडी, साउन १४ : बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन्। घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन्।...
चितुवाको आक्रमणबाट वृद्ध घाइते

बैतडी, साउन १४ : बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन्। घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन्।  

चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए।

बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो। खसी खोज्ने क्रममा नजिकैको बारीमा चन्दलाई चितुवाले आक्रमण गरेको थियो। 

चितुवाको आक्रमणबाट चन्दको घाँटी र हातमा घाउ भएको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। तल्लोसोराड क्षेत्रमा चितुवा बेलाबेलामा मानवबस्तीमा पस्दै आएको छ। बासस्थान र आहारको कमीका कारण चितुवा मानव वस्तीमा पस्ने गरैको बताइएको छ।

प्रकाशित मिति: १५:३५ बजे, शनिबार, साउन १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्