Kathmandu Press

प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान

नवलपरासी, साउन १४ : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ। नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको...
प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान

नवलपरासी, साउन १४ : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ। 

नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको रु. एक लाख २० हजारमा खरिद गरेको उद्धारमा सहयोगी हुने सामग्री इलाका प्रहरी कार्यालय गैंडाकोटलाई प्रदान गरिएको हो । 

Hardik ivf

सुरक्षित नागरिक, सुरक्षित समुदायमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले फोल्डिङ स्टेचर, लाइफ ज्याकेट, हेलमेट, डोरी, सेफ्टी बेल्ट, गैंची, बेल्चा, त्रिपाललगायतका उद्धारमा सहयोगी हुने सामग्री हस्तान्तरण गरेकोे नगरप्रमुख मदनभक्त अधिकारीले बताए। 

उनले विपद् आउनभन्दा पहिले विपद् आउन नदिने गरी काम गर्ने बताए। यस्तै दमकलका लागि देवचुली नगरपालिकासँग सहकार्य भएको र दुई पालिका मिलेर छिट्टै दमकल खरिद गरिने नगरप्रमुख अधिकारीले बताए। 

यस्तै गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले विपद् व्यवस्थापन कोषमा रु एक करोड बजेट राखिएको बताए। उनले यसअघि रु. ८० लाख कोष रकम छुट्याइएको जनाउँदै प्रहरीलाई विपद्मा काम गर्न सहज होस् भनी उद्धारका सामग्री सहयोग गरेको बताए। 

कार्यक्रममा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले अब काम गर्न सहज हुने बताए। उनले आगामी दिनमा प्रहरी आफू सुरक्षित रहेर जनताको जिउधनको सुरक्षामा खटिन विपद् व्यवस्थापन सामग्रीले सहयोग गर्ने विश्वास गरे।

चितवन र नवलपुर हुँदै बग्ने नारायणी नदीमा बर्सेनि २५ देखि ३० जनाले हाम फाल्ने गरेको भन्दै प्रहरी निरीक्षक श्रेष्ठले आगामी दिनमा पूर्वपश्चिम राजमार्गका कारण आउने समस्यामा नागरिकलाई सहज बनाउन सकिने बताए।

प्रकाशित मिति: १३:०४ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्