Kathmandu Press

ब्राजिलमा मंकीपक्सबाट पहिलो मानवीय क्षति

ब्राजिलमा मंकीपक्सबाट पहिलो मानवीय क्षति

ब्राजिलिया, साउन १४ : ब्राजिलमा मंकीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ। 

सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मंकीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन्।

Hardik ivf

ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्य अन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

बिरामी भएपछि ती व्यक्तिलाई गम्भीर स्वास्थ्य अवस्था रहेको ठानेर उपचार गराइएको भएपनि उपचार सफल हुन नसकेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। 

उनलाई क्यान्सर लगायतका अन्य गम्भीर प्रकृतिका रोगले समेत चापेकाले उपचार सफल हुन नसकेको उनीहरूको भनाइ छ। 

मृत्यु भएका व्यक्तिको परिचय भने औपचारिक रुपमा सार्वजनिक गरिएको छैन। तर ती व्यक्तिलाई बेलो होरिजोन्टमा रहेको सार्वजनिक अस्पतालमा उपचार गराइएको थियो। 

मिनास गेराइस राज्यका स्वास्थ्य अधिकारीहरूले त्यस प्रदेशमा मात्रै ४४ जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भइसकेको जनाएको छ। अरु १३० जनामा त्यसको शंका गरिएको पनि उनीहरूको भनाइ छ। 

प्रकाशित मिति: १२:२१ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्