Kathmandu Press

आफ्नै स्कूल बसले किच्दा बालिकाको मृत्यु

दाङ, साउन १४ : दाङको देउखुरीस्थित गढवामा स्कूल बसले किच्दा तीन वर्षीया बालिकाको ज्यान गएको छ।न्यू मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२...
आफ्नै स्कूल बसले किच्दा बालिकाको मृत्यु

दाङ, साउन १४ : दाङको देउखुरीस्थित गढवामा स्कूल बसले किच्दा तीन वर्षीया बालिकाको ज्यान गएको छ।

न्यू मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किचेर त्यही स्कूलमा पढ्ने गढवा गाउँपालिका–७ मानपुर उत्तर टोलकी पूजा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

Hardik ivf

बसबाट ओर्लेर घर जान लाग्दा बसको पछाडिको टायरले किचेको प्रहरीले जनाएको छ। गम्भीर घाइते बालिकालाई उपचारका लमही अस्पताल लगिएको थियो।

उनको उपचारका क्रममा अस्पतालमै गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्कूल बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०७:०५ बजे, शनिबार, साउन १४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्