Kathmandu Press

कोरोना थप फैलिएपछि पेरुमा संकटकालको म्याद थप

काठमाडाैं, साउन १३ : कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि पेरुमा सङ्कटकाल लम्ब्याइएको छ।पेरुमा कोरोना भाइरसको सङ्क्रमणको चौथो चरण सुरु भएको घोषणा गरिएको...
कोरोना थप फैलिएपछि पेरुमा संकटकालको म्याद थप

काठमाडाैं, साउन १३ : कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि पेरुमा सङ्कटकाल लम्ब्याइएको छ।

पेरुमा कोरोना भाइरसको सङ्क्रमणको चौथो चरण सुरु भएको घोषणा गरिएको छ। सङ्कटकाल आगामी अगस्ट १ देखि २८ दिनसम्म लागू हुने उल्लेख गरिएको छ। 

Hardik ivf

'देशमा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको छ, यसले मानव स्वास्थ्यलाई ठूलो चुनौती दिएको छ, त्यसैले सरकारले लागू गरेको सङ्कटकाल फेरि लम्ब्याउने निर्णय भएको छ,' सरकारी एक अधिकारीले भने। 

अघिल्लो हप्ता औसतमा ११ हजार मानिस दैनिक नयाँ सङ्क्रमित भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पेरुमा पछिल्लो एक दिनमा १४ हजार १८६ जना सङ्क्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ। 

पेरुमा कोरोना भाइरसका कारण अहिलेसम्म ३८ लाख ७३ हजार ७०२ जना सङ्क्रमित र दुइ लाख १४ हजार १२० जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १७:५४ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्