Kathmandu Press

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच साढे दुई घण्टा कुराकानी

वासिङ्टन, साउन १३ : अमेरिका र चीनका राष्ट्रपतिबीच शुक्रबार साढे दुई घण्टा कुराकानी भएको छ। भिडियो माध्यममार्फत भएको कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय...
अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच साढे दुई घण्टा कुराकानी

वासिङ्टन, साउन १३ : अमेरिका र चीनका राष्ट्रपतिबीच शुक्रबार साढे दुई घण्टा कुराकानी भएको छ। भिडियो माध्यममार्फत भएको कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विविध विषयमा केन्द्रित भएको अधिकारीहरूले जनाएका छन्।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले लामो कुराकानीका क्रममा केही विषयमा गहिरोसँग छलफल भएको जनाएको छ। 

Hardik ivf

वाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनीहरूका बीचमा अहिलेसम्म पाँचपटक फोन तथा भिडियो कुराकानी भएको छ। बाइडेन अमेरिकाको उपराष्ट्रपति हुँदा उनकै निमन्त्रणामा सन् २०१५ मा सीले अमेरिका भ्रमण गरेका थिए। तर बाइडेन राष्ट्रपति भएपछि भने दुई नेताको भेट भएको छैन। पछिल्लो कुराकानीमा उनीहरूका बीचमा चाँडै नै भौतिकरुपमै भेटवार्ता गर्ने सहमतिसमेत भएको छ। 

साथै अहिलेको भिडियो कुराकानी विशेष गरेर ताइवान मामिलामा केन्द्रित भएको र एकअर्काप्रति कतिपय असहमति प्रकट गरेको जनाइएको छ।
 
अमेरिककाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको चर्चा चलेपछि अमेरिका र चीनबीच तनाव थप बढेको छ।

अमेरिकाले ताइवानलाई महत्व दिएर गलत भूमिका खेल्न खोजेको चिनियाँ अधिकारीहरूको भनाइ छ। सभामुख पलोसीले ताइवानको भ्रमण गरेमा राम्रो नहुने चेतावनी चीनले अमेरिकालाई दिँदै आएको छ। तर अमेरिकाको विदेश मन्त्रालयले भने पलोसीले ताइवानको भ्रमण गर्ने कुनै योजना नबनाएको दाबी गरेको छ।

प्रकाशित मिति: १७:५१ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्