Kathmandu Press

पाकिस्तानमा बाढीपहिरोका कारण दुई महिनामा ३५७ जनाको मृत्यु

पाकिस्तानमा बाढीपहिरोका कारण दुई महिनामा ३५७ जनाको मृत्यु

इस्लामाबाद, साउन १३ : पाकिस्तानमा यस वर्ष मनसुन सुरु भएदेखि अहिलेसम्म वर्षापछिका विभिन्न घटनामा परी कम्तीमा  तीन सय ७५ जनाको मृत्यु भएको छ।  

वर्षाका कारण पाकिस्तानमा बाढी, पहिरो, डुबानलगायतका घटना भएका छन्। ती घटनामा परी उनीहरूको मृत्यु भएको हो। 

Hardik ivf

ती घटनाका कारण अरु चार सयभन्दा बढी घाइते भएका छन्। उनीहरूलाई विभिन्न अस्पतालमा उपचार गराइएको छ।

पाकिस्तानमा यस वर्षको मनसुन गत जुन १ देखि सुरु भएको मानिएको छ भने अधिकांश ठूला घटना जुन १४ देखिए भएका छन्। 

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणानुसार मानवीय क्षतिबाहेक पाकिस्तानमा भौतिक क्षति पनि धेरै भएको छ। क्षतिको विवरण हेर्दा देशभरि नै क्षति भएको देखिएको छ। मनसुन अझै नरोकिएकाले क्षति पनि अझै धेरै हुने अनुमान गरिएको छ। 

प्राधिकरणले २३ हजार सात सय ९२ घरमा पूर्ण तथा आङ्शिक क्षति भएको जनाएको छ। सडक, सञ्चार, विद्युत्, सार्वजनिक भवनहरूलगायतमा पनि क्षति पुगेको छ।
 
प्रधानमन्त्री शाहबाज शरिफले बिहीबार ट्वीट गर्दै पाकिस्तानले जलवायु परिवर्तनले पार्ने असर भोगिरहेको उल्लेख गरेका छन्। उनले त्यस चुनौतीलाई सामाना गर्न तत्काल सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्