Kathmandu Press

बाढीमा परी इरानमा २६ जनाको मृत्यु

तेहरान, साउन १३ : इरानका विभिन्न चार प्रान्तमा बिहीबार राति आएको भीषण बाढीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको अर्ध सरकारी समाचार एजेन्सी...
बाढीमा परी इरानमा २६ जनाको मृत्यु

तेहरान, साउन १३ : इरानका विभिन्न चार प्रान्तमा बिहीबार राति आएको भीषण बाढीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको अर्ध सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ।

दक्षिणपूर्वी इरानको तेहरान, सिस्तान र बलुचेस्तान र उत्तरी इरानको मरकाजी र माजान्दरान प्रान्तहरू भीषण बाढी आएको हो।

Hardik ivf

केही दिन अघिदेखि थुप्रै इरानी शहरहरूमा भारी मनसुन वर्षा  भइरहेको छ जसले प्रत्यक्षरूपमा जनधनको क्षति गराएको छ। 

भारी वर्षाले इरानका २० प्रान्तहरू बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् जसका कारण १०० काउन्टी र ३०० गाउँमा ठूलो क्षति पुगेको छ।

प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्