Kathmandu Press

ऐन संशाेधनकाे माग गर्दै निर्माण व्यवसायी धर्नामा

काठमाडौं, मंसिर ६ : निर्माण व्यवसायीले सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन्।

शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा क....

ऐन संशाेधनकाे माग गर्दै निर्माण व्यवसायी धर्नामा
काठमाडौं प्रेस

काठमाडौं, मंसिर ६ : निर्माण व्यवसायीले सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन्।

शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा काठमाडौंको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक घण्टा धर्ना दिएका हुन्। 

उनीहरूले सार्वजनिक खरिद ऐन निर्माणमैत्री बनाउन माग गरेका छन्। व्यवसायीहरुले सार्वजनिक खरिद नियमावली–२०७६ मा गरिएको निर्माण कम्पनीको म्याद थप र बैंक क्रेडिट लाईनसम्बन्धी व्यवस्था संशोधन गर्नुपर्ने, अवरुद्ध विकास निर्माणको कामलाई संचालन गर्न सहजिकरण गर्नुपर्ने लगायतका माग राखेका छन्।

उनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहन कृष्ण सापकोटालाई ज्ञापनपत्र समेत बुझाएका छन्। समस्या समाधानका लागि तत्काल वार्ता समिति गठन नगरेर आन्दोलन थप चर्काउने महासंघका अध्यक्ष रवि सिंहले बताए।

देशभरका निर्माण व्यवसायी लामो सयमदेखि सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन्।

प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, मंसिर ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्