Kathmandu Press

कर्मचारी नहटाउन एमालेकाे माग

काठमाडाैं, साउन १३ : नेकपा एमालेले नयाँ आर्थिक वर्षको थालनीसँगै सङ्घ, प्रदेश र स्थानीय सरकारले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्न थालेको...
कर्मचारी नहटाउन एमालेकाे माग

काठमाडाैं, साउन १३ : नेकपा एमालेले नयाँ आर्थिक वर्षको थालनीसँगै सङ्घ, प्रदेश र स्थानीय सरकारले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्न थालेको भन्दै कर्मचारी नहटाउन माग गरेको छ। 

एमालेको सङ्घीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले आज विज्ञप्ति जारी गरी सो माग गर्नुभएको हो।

सो विज्ञप्तिमा निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीलाई नियमितरुपमा काममा लगाउन र उनीहरुको पेशागत सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ।

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, साउन १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्