Kathmandu Press

दाङमा कुलोमा डुबेर एकको मृत्यु

दाङ, साउन १३ : दाङमा कुलोमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ।तुलसीपुर उपमहानगरपालिका–२ पोटलीका २६ वर्षीय नरेश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी...
दाङमा कुलोमा डुबेर एकको मृत्यु

दाङ, साउन १३ : दाङमा कुलोमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–२ पोटलीका २६ वर्षीय नरेश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए

Hardik ivf

उनका अनुसार यसअघि पनि चौधरी विभिन्न रोगले ग्रसित भएको र त्यही कारणले कुलोमा डुबेर मृत्यु भएको हो।

उनको आज बिहान ९ बजेतिर कुलोमा डुबेर मृत्यु भएको हो। चौधरीको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

प्रकाशित मिति: १७:०२ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्