Kathmandu Press

नीलगिरि ‘क्यासकेड’को सुरुङ जोडियो

म्याग्दी, साउन १३ : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरि दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ।नीलगिरि खोला हाइड्रोपावर प्रवर्धक रहेको ७१...
नीलगिरि ‘क्यासकेड’को सुरुङ जोडियो

म्याग्दी, साउन १३ : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरि दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ।

नीलगिरि खोला हाइड्रोपावर प्रवर्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको चार हजार २७५ मिटर सुरुङ निर्माण बिहीबार जोडिएको हो। आयोजनाका इञ्जिनीयर केशव बाग्लेले पाँच वटा अडिटबाट सुरुङ खनिएको जानकारी दिए। 

Hardik ivf

नारच्याङको दोभानस्थित विद्युत्गृह र छोटेपाको बाँधतर्फबाट २०७६ देखि सुरुङ निर्माण थालिएको थियो। सुरुङ निर्माणलाई जलविद्युत् आयोजनाको मुख्य काम मान्ने गरिएको छ। ब्रेक थु्रु भएको अवसरमा आयोजनाका प्रवद्र्धक, प्राविधिक, कर्मचारी, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिले खुसीयाली मनाएका थिए। 

'ब्रेक थ्रु भएको टनेलको फिनिसिङ गर्ने तयारी छ', उनले भने, 'बाँध र विद्युत्गृह निर्माण तथा इलेक्ट्रोमेकानिकलको कामलाई तीव्रता दिएका छौँ।' अठतीस दशमलव सात मेगावाटको नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ। दुई वटै आयोजनाको प्रवद्र्धक एउटै नीलगिरि हाइड्रोपावर हो। 

नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण थालिएका इञ्जिनीयर वाग्लेले बताउनुभयो। क्यासकेडको विद्युत्गृहदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म १३ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ। छोटेपामा ३० मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ। बस्तीदेखि टाढा रहेको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ।

 रु १३ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन्। नीलगिरिखोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सव स्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ। छोटेपा–दोबिल्ना हुँदै दाना सव स्टेशन जोड्ने सात दशमलव चार किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माण भइरहेको छ।

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्