Kathmandu Press

इन्डोनेसियामा कोरोनाविरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

जकार्ता, साउन १३ : इन्डोनेसियामा शुक्रबारदेखि कोरोना भाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गरिएको छ।पहिलो चरणमा स्वास्थ्यकर्मीहरूलाई चौथो मात्राको खोप लगाउन थालिएको...
इन्डोनेसियामा कोरोनाविरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

जकार्ता, साउन १३ : इन्डोनेसियामा शुक्रबारदेखि कोरोना भाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गरिएको छ।

पहिलो चरणमा स्वास्थ्यकर्मीहरूलाई चौथो मात्राको खोप लगाउन थालिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

स्वास्थ्यकर्मीहरूलाई लगाएपछि अरुलाई लगाउने गरी तयारी भइरहेको पनि उनीहरूले बताएका छन्। 

स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा सुरुमा १९ लाख स्वास्थ्यकर्मीहरूलाई खोप लगाइने उल्लेख गरिएको छ। 

पछिल्लो समय इन्डोनेसियाका कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकाले चौथो मात्राको खोप लगाउनु परेको मन्त्रालयको भनाई छ। 

सङ्क्रमितहरूको बढेपछि स्वास्थ्यकर्मीहरू उच्च जोखिममा रहेकोले सुरुमा उनीहरूलाई खोप लगाइने भएको अधिकारीहरूले जनाएका छन्।  

बिहीबार सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो एक दिनमा इन्डोनेसियामा छ हजार ३५३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएका छन् भने अरु १७ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १४:४७ बजे, शुक्रबार, साउन १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्