Kathmandu Press

इन्डोनेसियामा बाढीका कारण तीनको मृत्यु

जकार्ता, साउन १३ : इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा आएको बाढीमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन्।बेपत्ताको खोजी कार्य...
इन्डोनेसियामा बाढीका कारण तीनको मृत्यु

जकार्ता, साउन १३ : इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा आएको बाढीमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन्।

बेपत्ताको खोजी कार्य जारी रहेको स्थानीय प्रकोप एजेन्सीका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन्। भारी वर्षाले परिगी माउटोङ जिल्लाको टोरु गाउँका सबै घरहरू डुबानमा परेको जिल्लाको विपद् व्यवस्थापन निकायको परिचालन एकाइ प्रमुखले बताएका छन्। 

हिजो अचानक पानी आएको र गाउँका सबै घर र भवन डुबानमा परेको जनाइएकोे छ। प्रभावित क्षेत्रहरू जाँच गरिसकेपछि, तीन जनाको मृत्यु भएको र अन्य चार जना बेपत्ता छन्।

खोज र उद्धार कार्यालयका कर्मचारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका जनाइएको छ।

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, साउन १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्