Kathmandu Press

जलेश्वर भन्सारद्वारा एकसय ८१ प्रतिशत राजस्व असुली

महोत्तरी, साउन १३ : महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ।कार्यालयले आर्थिक वर्ष २०७८/७९ को...
जलेश्वर भन्सारद्वारा एकसय ८१ प्रतिशत राजस्व असुली

महोत्तरी, साउन १३ : महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ।

कार्यालयले आर्थिक वर्ष २०७८/७९ को  साउनदेखि असार मसान्तसम्ममा रु एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। 

भन्सारले सो अवधिमा तीन अर्ब नौ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीले जानकारी दिए।

जलेश्वर भन्सारले पैठारी महसुलतर्फ रु एक अर्ब ११ करोड ८२ लाख ७ हजार लक्ष्य लिएकोमा एक अर्ब ८६ करोड ३९ लाख २४ हजार सङ्कलन गरेको छ। त्यस्तै मूल्य अभिवृद्धितर्फ रु ४३ करोड ५२ लाख सङ्कलन गर्ने लक्ष्य लिएकोमा ९४ करोड ७६ लाख ४१ हजार सङ्कलन गरेको छ। 

त्यसैगरी अन्तशुल्क तर्फ रु पाँच करोड ३१ लाख ६९ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा चार करोड ८१ लाख ३४ हजार सङ्कलन गरेको छ। र त्यसैगरी अन्यतर्फ १० करोड ५ लाख एक हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा २३ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ।

सो भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु तीन अर्ब ९ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको सूचना अधिकारी सुवेदीले बताए। 

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, साउन १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्