Kathmandu Press

दुई महिनादेखि सुकिलुम्बा विमानस्थल  बन्द

इलाम, साउन १३ : इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ। करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो।...
दुई महिनादेखि सुकिलुम्बा विमानस्थल  बन्द

इलाम, साउन १३ : इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ। करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो। गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा  हालसम्म पनि सञ्चालन हुनसकेको छैन।

करिब रु ३० करोडको लागतमा निर्माण गरिएको  विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न बाध्य भएका छन्। 

Hardik ivf

इलाम सदरमुकाम नजिकै निर्माण गरिएको विमानस्थल गत फागुन १ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियोे। उद्घाटनपछि केही समय सातामा दुई पटक उडान गर्दै आएकामा बन्द गरिएपछि जिल्लावासीमा पुनः निराशा पलाएको छ।

वषौँदेखी निर्माण सुरु भएको विमानस्थल केही समय उडान भएर पुनः बन्द हुँदा यस विमानस्थलको भविष्य नै अन्धकारमा पर्ने हो कि भन्ने चिन्ता छाएको इलामबासीले  बताउँदै आएका छन्। स्थानीयवासी बालकुमार पोख्रेलले उडान बन्द भएपछि अब उडान हुन्छ या हुँदैन भन्ने नै अनिश्चित् भएको बताए। 

यस विमानस्थलमा तारा एयरको विमानले उडान गर्दै आएको थियो। इलाम नगरपालिका र तारा एयरबीच सम्झौता भएर उडान सुरु गरिएको यस विमानस्थलमा सम्झौताको म्याद सकिएपछि उडान बन्द गरिएको हो। गत जेठमा तारा एयरको ट्विनअटर विमान दुर्घटना भएको र त्यस पछि सम्झौताको समयसमेत सकिएको थियो।

स्थानीयवासीले उडान नियमित गराउनुपर्ने भन्दै विरोध र खबरदारी गर्दै आएका छन्। नागरिक उड्ययन प्राधिकरणको ध्यानाकर्षण गराउन जिल्लाका सङ्घीय र प्रदेश सरकारले चासो राख्नुपर्ने बताउँदै आएका छन्। यस विषयमा नगरपालिकाले पनि चासो दिएको र पहल गरिरहेको नगरप्रमुख केदार थापाले बताए।

उनले यस विषयमा माथिल्लो निकायसँग पहल भइरहेको बताउनुभयो। इलामबाट नियमित उडान हुनसके पूर्वी पहाडी जिल्लासहित भारतको सिक्किम, मिरिक, दार्जिलिडलगायत छेत्रका बासिन्दालाई  सहज हुने थियो। 

प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्