Kathmandu Press

भारतमा सेनाको विमान दुर्घटना हुँदा दुईको मृत्यु

नयाँदिल्ली, साउन १३ : भारतको पश्चिमी राज्य राजस्थानमाप्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्तभएकोभारतीयवायुसेना (आइएएफ) का दुई विमानचालकको मृत्यु भएको छ।मिग–२१ जेट उडानका क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार...
भारतमा सेनाको विमान दुर्घटना हुँदा दुईको मृत्यु

नयाँदिल्ली, साउन १३ : भारतको पश्चिमी राज्य राजस्थानमाप्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्तभएकोभारतीयवायुसेना (आइएएफ) का दुई विमानचालकको मृत्यु भएको छ।

मिग–२१ जेट उडानका क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। प्रशिक्षण उडानमा रहेकोविमान राजस्थानको राजधानीजयपुरबाट करिबपाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामाबिहीबार ढिलो दुर्घटनामा परेको थियो।

भारतीयवायु सेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ। एक अदालतको जाँचको आदेश दिइएको पनि वायुसेनाकाअधिकारीहरुले जानकारी दिएका छन्।

 

प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, साउन १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्