Kathmandu Press

हेटौंडाका २२ हजार परिवारले १० हजार लिटरसम्म पानी निःशुल्क पाउने

हेटौंडा, साउन १३ : हेटौंडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ। उपमहानगरले मासिक १० हजार लिटर पानीको...
हेटौंडाका २२ हजार परिवारले १० हजार लिटरसम्म पानी निःशुल्क पाउने

हेटौंडा, साउन १३ : हेटौंडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ। उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो। 

खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागु हुने हेटौंडाका उपप्रमुख राजेश बानियाँले जानकारी दिए। हेटौंडामा  खानेपानी बोर्डअन्तर्गतका झण्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागु हुने उनले बताए।

Hardik ivf

उपमहानगरले खानेपानी बोर्डमार्फत नगरवासीलाई उक्त सुविधा दिन लागेको हो। यसबाट नगरका एक लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ।

खानेपानी उपलब्ध गराएवापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक रु दुई करोड ३९ लाख ७० हजार उपलब्ध गराउने जनाइएको छ।

हाल बोर्डले उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै क्षेत्र र थप छ वडाका केही क्षेत्रका एक लाख ४५ हजार नागरिकलाई २१ हजार सात सय ५० धारामार्फत दैनिक एक करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको बोर्डले जनाएको छ।

प्रकाशित मिति: १२:११ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्