Kathmandu Press

सर्वाधिक रक्तदाताबाट रक्तदानसहित शाखा  गठन

सुर्खेत, साउन १३ : रक्तदान नै जीवनदान भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै  सुर्खेतको वीरेन्द्रनगरमा नेपाल रक्तदाता समाजको शाखा गठन गरिएको छ।छपन्नौ राष्ट्रिय रक्तसञ्चार दिवसका...
सर्वाधिक रक्तदाताबाट रक्तदानसहित शाखा  गठन

सुर्खेत, साउन १३ : रक्तदान नै जीवनदान भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै  सुर्खेतको वीरेन्द्रनगरमा नेपाल रक्तदाता समाजको शाखा गठन गरिएको छ।

छपन्नौ राष्ट्रिय रक्तसञ्चार दिवसका अवसरमा देशकै र कर्णालीका सर्वाधिक रक्तदाताद्वारा उक्त समाजको शाखा गठन गरिनाका साथै जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा बृहत रक्तदान कार्यक्रम गरिएको हो।

Hardik ivf

नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्मचार्य र कर्णालीका सर्वाधिक रक्तदाता प्रवाशकुमार शाक्यलेले संयुक्तरूपमा रक्तदान गर्नुभएको हो। कर्मचार्यले १७१औँ पटक र शाक्यले ७५औँ पटक रक्तदान गर्नुभएको सङ्घका महासचिव भद्र भण्डारीले जानकारी दिनुभयो।त्यस्तै बिहीबार नै वीरेन्द्रनगरमा बढ्दो रगत आपूर्तिको मागलाई सहजरुपले  व्यवस्थापन गर्न समाजका केन्द्रीय अध्यक्ष एवं रक्तदाता कर्मचार्यको उपस्थितिमा कर्णाली प्रदेशका सर्वाधिक शाक्यको अध्यक्षतामा उक्त समाजको सुर्खेत शाखा गठन गरिएको हो।

उक्त शाखाको  उपाध्यक्षमा अशोककुमार सिंह, सचिवमा खगेन पुरी, कोषाध्यक्षमा धर्मराज आचार्य, सहसचिव पुनम बिसी तथा सदस्यहरूमा सागर लम्साल, कुमार थापा, भोजप्रसाद आचार्य, सुरेश आचार्य, अनिल ढकाल, सञ्जयनाथ योगी, कृति  गुभाजु शाक्य र चन्द्रा रेग्मी चयन हुनुभएको छ। त्यस्तै समाजको सल्लाहकारमा सुदर्शन श्रेष्ठ, लक्ष्मण कँडेल र सुशीलराज शर्मा रहेका छन्।

सुर्खेत जिल्लामा रगतको अभावलाई परिपूर्ति गर्न एवं सहज तरिकाले रगत उपलब्ध गराउनका लागि समाजको शाखा गठन गरिएको अध्यक्ष शाक्यले बताए। उनले भने, 'हामी कुनै पनि बिरामीका लागि सहजरुपमा रगत प्राप्त होस् भन्नका लागि लागिपरेका छौँ, त्यति मात्र नभएर सुर्खेत जिल्लाभन्दा बाहिर यस क्षेत्रका बिरामीका लागि सहजरूपमा रगतको आवश्यकता पूर्ति गर्न  यो समाजको गठन गरेका हौँ, यसमा सबै जनाले हातेमालो गरिदिनहुन म हार्दिक अनुरोध गर्दछु।'

प्रकाशित मिति: १२:०८ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्