Kathmandu Press

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

अछाम, साउन १३ : अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन्।गए राति घरायसी विवाद...
बन्चरो प्रहार गरी श्रीमतीको हत्या

अछाम, साउन १३ : अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन्।

गए राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान् पैलुले बन्चरो प्रहार गर्दा ४० वर्षीषा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ।

प्रकाशित मिति: ११:५३ बजे, शुक्रबार, साउन १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्