Kathmandu Press

देवचुलीमा दूध सङ्कलन केन्द्र स्थापना

नवलपरासी, साउन १३ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा दूध सङ्कलन केन्द्र स्थापना भएको छ । देवचुली–७ सीताबासको युनिक कृषि तथा पशुपालन समूहले रु १६...
देवचुलीमा दूध सङ्कलन केन्द्र स्थापना

नवलपरासी, साउन १३ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा दूध सङ्कलन केन्द्र स्थापना भएको छ । देवचुली–७ सीताबासको युनिक कृषि तथा पशुपालन समूहले रु १६ लाखको लागतमा दूध सङ्कलन केन्द्र स्थापना गरेको हो। 

युनिक कृषि तथा पशुपालन समूहका अध्यक्ष डिल्लीराम काफ्लेका अनुसार दूध सङ्कलन केन्द्रमा फिस्टेल डेरीले रु आठ लाख बराबरको दुई हजार लिटर क्षमताको ट्याङ्की, रु एक लाख बराबरको जेनेरेटर र देवचुली नगरपालिकाले रु चार लाख बराबरको अस्थायी भवनको सहयोग गरेको छ। 

Hardik ivf

दूध सङ्कलन केन्द्रका लागि पशुपालन समूहले रु तीन लाख ऋण लगानीमा थ्री फेस लाइन, क्यान र अन्य आवश्यक भाडाकुँडा खरिद गरी सहयोग गरेको काफ्लेले जानकारी दिए। 

दूध सङ्कलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको हो ।  देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले कृषकले दूध बिक्री गर्न टाढा जानुपर्ने बाध्यता हटेको बताए। 

नगरप्रमुख न्यौपानेले कृषकलाई समानुपातिक ढङ्गले चोक्कर वितरण गर्ने उल्लेख गर्दै नगरभित्र दानाको मूल्य न्यूनीकरण गर्न पहल गर्ने बताए। यसअघि दूध सङ्कलन केन्द्र नहुँदा यहाँका कृषक धारापानी र दलदले पुग्नुपर्ने अवस्था थियो।  

प्रकाशित मिति: १०:५१ बजे, शुक्रबार, साउन १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्