Kathmandu Press

कैलालीमा माेटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

कैलाली, साउन १३ : कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय...
कैलालीमा माेटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
Hardik ivf

कैलाली, साउन १३ : कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएको हो।  

जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि चालक धनगढी–३  विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका छन्। 

उनको अनुहारमा चोट लागेको छ । पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो । उनको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: १०:४८ बजे, शुक्रबार, साउन १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्