Kathmandu Press

अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ

अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ
Hardik ivf

अर्घाखाँची, साउन १३ : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ परेका छन् ।  

भूमिकास्थान नगरपालिका–६ खिल्जीको माछामारेमा ६६।४८ क्युफिट सालको काठसहित, लु३त ३९६९ नम्बरको ट्र्याक्टरका चालक २७ वर्षीय विनोद परियारलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार जिल्ला प्रहरी र प्रहरीचौकी खिल्जीको संयुक्त टोलीले जाँच गर्दा अवैध काठ फेला परेको हो । 

काठसहित चालक परियारलाई कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रमुख थापाले जानकारी दिए। 

प्रकाशित मिति: १०:२२ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्