Kathmandu Press

सयपत्री हाइड्रोपावरकाे आईपीओ बिक्री आजदेखि खुला

काठमाडाैं, साउन १३ : सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६०...
सयपत्री हाइड्रोपावरकाे आईपीओ बिक्री आजदेखि खुला

काठमाडाैं, साउन १३ : सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो। जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र  १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।
 
बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ। साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ।

प्रकाशित मिति: ०९:०३ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्