Kathmandu Press

कोभिड प्रभावित विपन्नलाई २७ लाख राहत वितरण

दमाैली, साउन १३ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ। सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले छवटै वडाका...
कोभिड प्रभावित विपन्नलाई २७ लाख राहत वितरण

दमाैली, साउन १३ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ। सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले छवटै वडाका कोभिड प्रभावित परिवारलाई राहत वितरण सुरु गरेको हो।

आर्थिक वर्ष ०७८/७९ मा सङ्घ सरकारबाट प्राप्त भएको रु २७ लाख राहत रकम वितरण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए। उपाध्यायका अनुसार गाउँपालिकाभित्रका दुई सय ७० जनालाई दश हजारका दरले राहत वितरण गरिनेछ। कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका, समस्यामा परेका व्यक्ति छनोट गरी रकम वितरण गर्न थालिएको उपाध्यायले बताए।

Hardik ivf

'अघिल्लो आवमा नै रकम प्राप्त भएको थियो, उक्त अवधिमा ढिलाइ भएपछि अहिले वितरण गर्न थालेका हौँ,' उपाध्यायले भने। उपाध्यायका अनुसार वडा नम्बर ३ र ४ का २० जनालाई बिहीबार रु दश हजारका दरले रकम वितरण गरिएको छ। बुधबार वडा नम्बर ५ का ५० जनालाई वितरण गरिसकिएको छ।

वडा नम्बर १ मा ८७, वडा नम्बर २ मा ५९, वडा नम्बर ३ मा ६१, वडा नम्बर ४ मा ९, वडा नम्बर ५ मा ५२ र वडा नम्बर ६ मा एक जनालाई राहत वितरण गरिनेछ। राहत वितरणका लागि वडा कार्यालयबाट निवेदन माग गरिएको थियो। वडा कार्यालयमा प्राप्त भएका निवेदन वडा समितिले छनोट गरी गाउँपालिकामा सिफारिस गरेको थियो। गाउँ कार्यपालिकाले उक्त सिफारिस निर्णय गरी गाउँसभाबाट पास गरेको थियो।

प्रकाशित मिति: ०६:३२ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्