Kathmandu Press

‘न्यौपानेको अनुभव निजमती सेवाका लागि प्रेरणा’

काठमाडाैं, साउन १२ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने उमेर हदका कारण आजदेखि सेवाबाट अनिवार्य अवकाश भएका छन।खरिदारदेखि सचिवसम्म...
‘न्यौपानेको अनुभव निजमती सेवाका लागि प्रेरणा’

काठमाडाैं, साउन १२ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने उमेर हदका कारण आजदेखि सेवाबाट अनिवार्य अवकाश भएका छन।

खरिदारदेखि सचिवसम्म २६ वर्ष दुई महिना निजामती सेवामा बिताउनुभएका सचिव न्यौपाने बुधबारदेखि सेवाबाट अवकाश भएका हुन। मन्त्रालयमा आज आयोजित बिदाइ कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयको जिम्मेवारीमा छोटो अवधिमा काम गर्दा हार्दिकतापूर्ण रहेको उल्लेख गर्दै न्यौपानेको अनुभव र अनुभूतिहरु निजामती सेवाका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरे। उनले सचिव न्यौपानेको योग्यता क्षमतालाई देश विकासका लागि फेरि पनि उपयोग गरिने बताए।

सचिव न्यौपानेले निजामती सेवाबाट आफ्नो अवकाश जीवनको अर्को ‘टर्निङ प्वाइन्ट’ भएको भन्दै अवकाशपछिको जीवनलाई थप सक्रिय बनाउने बताए। सचिव न्यौपानेले विभिन्न मन्त्रालय, महत्वपूर्ण निकायमा नेतृत्व गरे। पर्यटन मन्त्रालयमा करिब आठ महिना सचिवको रुपमा काम गरे। न्यौपाने सचिव पदको पाँचवर्षे सेवा अवधिबाट अवकाश लिएका हुन। उनकाे अवकाशपछि मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेलाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: १९:०३ बजे, बिहीबार, साउन १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्