Kathmandu Press

बिमा दाबी भुक्तानी पाएपछि किसानमा खुसीयाली

कैलाली, साउन १२ : गएको जेठ २८ र असार २ गतेको हावाहुरीका कारण कैलालीको टीकापुरका टेकेन्द्र धामीले लगाएको केरा खेतीमा ठूलो क्षति पुग्यो। पचपन्न...
बिमा दाबी भुक्तानी पाएपछि किसानमा खुसीयाली

कैलाली, साउन १२ : गएको जेठ २८ र असार २ गतेको हावाहुरीका कारण कैलालीको टीकापुरका टेकेन्द्र धामीले लगाएको केरा खेतीमा ठूलो क्षति पुग्यो। पचपन्न बिघा जमिनमा लगाइएको अधिकांश केरामा क्षति पुगेपछि उनलाई  निकै चिन्तित बनायो।

उत्पादन दिनेबेला प्राकृतिक प्रकोपका कारण केरा नष्ट भएपछि काम गर्ने जाँगर नै मर्‍यो। टेकेन्द्रले केरा खेतीसँगै टिस्यु कल्चर प्रविधिबाट उत्पादन गर्नुभएका हजारौँ केराका बिरुवा समेत नष्ट भए तर केराको बिमा गरिएका कारण आज उनले ठूलो राहतको महसुस भएको बताए।

'केराको बिमा गरिएका कारण आज यसै पेसामा जीवित रहने बाटो खुलेको छ। धेरै नभए पनि अलिकति राहत हुने आधार बिमाले दिएको छ,' टेकेन्द्रले भने, 'राम्रो इन्स्योरेन्स कम्पनीमा बिमा गर्दा किसानले बिमा दाबी भुक्तानी पाउने रहेछन् भन्ने विश्वाससमेत लागेको छ।'

Hardik ivf

उनले गत माघ महिनामा केराको शिखर इन्स्योरेन्स कम्पनीमा बिमा गराएका थिए। जेठ महिनामा केरा खेती नष्ट हुँदा कम्पनीले उनलाई रु नौ लाखको बिमा दाबी भुक्तानी गरेको छ। टेकेन्द्रले केराको एउटा बोटको उत्पादन मूल्य रु ६०० हुने भए पनि प्रतिबोट १७६ रुपियाँ पाउँदा पनि कृषिमा सुरक्षाको महसुस भएको बताएका छन्। शिखर इन्स्योरेन्समा बाली बिमा गरेका टीकापुरका अन्य ६ किसानले पनि रु १९ लाख ४२ हजार ३६६  भुक्तानी पाएका छन्।

सिद्धिविनायक केरा फार्मका सञ्चालक पार्वती जैसीले बिमाको रकम पाएपछि केरा खेती निरन्तर गर्ने आत्मबल बढेको बढेको बताए। 'कृषि बिमा पहिले पनि गरिन्थ्यो तर क्षति पुग्दा भुक्तानी लिनै कठिन हुने भएकोले त्यसमा लाग्नै छोडेका थियौं,' उनले भने, 'अहिले प्राप्त भएको बिमा दाबी भुक्तानीले नष्ट भएको खेती विस्तार गर्नका लागि सहयोग पुग्ने भएको छ।'

जिल्ला केरा व्यवसायी सङ्घका अध्यक्ष दीपेन्द्र थारुले यसअघि कतिपय बिमा कम्पनीले बिमा नै नगरिदिने र गरिहाले पनि बैंक प्रयोजनका लागि मात्रै भनेर भुक्तानी नपाइने अवस्था रहेको बताए।

उनले सयौंं किसानलाई केही बिमा कम्पनीले ठगेको गुनासो गर्दै केराको बिमा गर्दा केराको मात्र नगरी त्यहाँका अन्य संरचनालगायतको बिमा गरेर किसानलाई ठगेको उल्लेख गरे। 

'केही व्यवसायी नै बिमा कम्पनीमा लाग्नुभएको छ। उहाँहरु आफ्नो व्यवसायको बिमा अर्कै कम्पनीसँग गर्ने र अरुलाई भने आफू  काम गर्ने कम्पनीमा बिमा गर्न प्रेरित गर्दै आएका थिए।' अध्यक्ष थारुले केरा किसानका लागि  बिमा भुक्तानी घाइतेलाई प्राथमिक उपचारजस्तै भएको बताउँदै अधिकांश किसानले बैंकबाट ऋणका लागि मात्रै बिमा गरेकोजस्तो देखिएको बताए।

बिमा समितिका सुदूरपश्चिम कार्यालय प्रमुख ओमबहादुर अधिकारीले केही कम्पनीका कारण बिमा गर्‍यो भने दाबी पाइदैन भन्ने गुनासा आइरहे पनि त्यसलाई निरुत्साहित गर्न किसान आफै लाग्नुपर्ने बताए। उनले बिमा दाबीलाई कम्पनीले छोटो अवधिमै भुक्तानी दिनुपर्ने बताउँदै चालु वर्षदेखि केरा प्रतिबोट बिमा २४५ रुपियाँ भएको पनि उनले  जानकारी दिए। 

समयमै बिमा दाबी दिन पाएकोमा कम्पनी पनि खुसी रहेको शिखर इन्स्योरेन्सका सुदूरपश्चिम प्रबन्धक डिल्लीराज शर्माले बताए। बिमा रकम हस्तान्तरण गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले  हरेक वर्ष नोक्सान व्यहोर्दै आएका टीकापुरका किसानलाई छोटो अवधिमै बिमा भुक्तानी दिएकोमा किसान आकर्षित हुने बताउँदै शिखर इन्स्योरेन्सलाई टीकापुरमै शाखा खोल्न आग्रह गरे।

केराको पकेट क्षेत्र हावाहुरीले टीकापुरमा बसेिन केरामा ठुलो क्षति गरिरहेको थियो। बिमाबापत रकम पाएको भने यो पहिलो पटक हो।

प्रकाशित मिति: १७:४४ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्