Kathmandu Press

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा डेढवर्षमा नेतृत्व

लुम्बिनी, साउन १२ : लुम्बिनी प्रदेशसभामा विगत डेढवर्षदेखि नेतृत्वविहीन अवस्थामा रहेका विषयगत संसदीय समितिले आज बल्ल नेतृत्व पाएका छन्। प्रदेशसभामा रहेका सात विषयगत संसदीय...
लुम्बिनी प्रदेशसभा संसदीय समितिमा डेढवर्षमा नेतृत्व

लुम्बिनी, साउन १२ : लुम्बिनी प्रदेशसभामा विगत डेढवर्षदेखि नेतृत्वविहीन अवस्थामा रहेका विषयगत संसदीय समितिले आज बल्ल नेतृत्व पाएका छन्। प्रदेशसभामा रहेका सात विषयगत संसदीय समितिमध्ये विभिन्न कारणले रिक्त रहेका चार समितिमा आज सभापति निर्वाचित भएका छन्। 

रिक्त संसदीय समितिका सभापतिमा प्रदेशसभामा महत्वर्पूण समिति मानिने सार्वजनिक लेखासमितिको नेतृत्व प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पाएको छ । उक्त समितिको सभापतिमा एमालेका प्रदेशसभा सदस्य  विष्णु पन्थी छन्। 

यसअघि तत्कालीन नेकपा नेतृत्वमा प्रदेश सरकार रहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट डिल्लीबहादुर चौधरी यस समितिको सभापति थिए। नेकपा नेतृत्वको सरकारपछि बनेको गठबन्धन सरकारमा उनी सहरी विकास तथा पर्यटनमन्त्री बनेपछि यो समिति नेतृत्व विहीन बन्न पुगेको हो।

Hardik ivf

यससँगै अन्य दुई समितिको नेतृत्व पनि एमालेले पाएको छ । एमालेले कृषि, वन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल र सामाजिक विकास समितिमा एमालेकै बाबुराम गौतम निर्विरोध निर्वाचित भएका थिए। प्रदेशसभामा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए। उनले विषयगत समितिमा नेतृत्व आफूहरुले विगतदेखि नै सहमतिका आधारमा चयन गर्न राखेको प्रस्ताव सत्तापक्षले बल्ल स्वीकार गरेको बताए।

यस्तै सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेले प्रदेशसभा सदस्यबाट राजीनामा गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएपछि सो पदसमेत रिक्त रहदै आएको थियो । प्रदेशसभाबाट राजीनामा गरेका पाण्डे केही समयमै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । 

साथै कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव तत्कालीन नेकपा विभाजन पश्चात बनेको शङ्कर पोखरेल नेतृत्वको सरकारमा जनता समाजवादीका तर्फबाट मन्त्री बनेपछि उक्त समितिको सभापति पनि रिक्त रहेको थियो।

यस्तै सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाका सांसदले नेतृत्व पाएका छन् । सो दलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने तारा जिसी अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा निर्वाचित भएका छन्। प्रदेशसभामा राजमोका एक जना मात्र सदस्य छन्। 

यसअघि अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने नेकपा विभाजनमा एमालेमा लागेकाले माओवादी केन्द्रले उहाँलाई प्रदेशसभा सदस्यबाट कारबाही गर्न सिफारिस गरेकाले सो पद रिक्त रहँदै आएको थियो । सार्वजनिक लेखामितिको सदस्यमा भोजप्रसाद श्रेष्ठ, बिमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज, गीता थापा रहेका छन्। 

प्रदेशसभामा ती समितिको निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रमअनुसार सबै समितिमा एकल उम्मेदारी परेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। उनका अनुसार आज निर्वाचन कार्यसूचीमा सबै समितिमा सभापतिमा निर्विरोध चयन भएको घोषणा गरिएकोसमेत प्रदेशसभा सचिव पुनले बताए। 

प्रकाशित मिति: १५:५९ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्