Kathmandu Press

भारतमा २० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

काठमाडाैं, साउन १२ : बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण...
भारतमा २० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

काठमाडाैं, साउन १२ : बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ। 

विगत तीन दिनसम्म कोरोना सङ्क्रमितको यो सङ्ख्या २० हजार भन्दा कम  रहेको अधिकारीहरुले जानकारी दिएका छन्। 

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाख ५९ हजार तीन सय २१ पुगेको छ। देशभर एक लाख ४६ हजार तीन सय २३ सक्रिय सङ्क्रमित छन्। 

पछिल्लो एक दिनमा १९ हजार दुई  १६ सङ्क्रमणमुक्त भएका छन्। योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७  पुगेको छ। 

कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४४ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार  दुई सय ११ जनाको मृत्यु भएको छ। 

महामारी शुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ। सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ। अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ। 

प्रकाशित मिति: १५:५१ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्