Kathmandu Press

बागलुङमा बढ्यो कोरोना

बागलुङ, साउन १२ : बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ। बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायीसहित २० जनामा कोरोना देखिएको...
बागलुङमा बढ्यो कोरोना

बागलुङ, साउन १२ : बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ। बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायीसहित २० जनामा कोरोना देखिएको छ। 

लक्षण देखिएकामा गरिएको एन्टिजेन्ट परीक्षणमा उनीहरुलाई  सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोनास्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ। 

Hardik ivf

जिल्लामा एक सातादेखि कोरोना सङ्क्रमित देखिन थालेका हुन् । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सचेतना अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोनाको नयाँ भेरियन्ट बढेको सन्र्दभमा सेचत रहन आग्रह गरेको छ। 

बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन ‘बिए प्लस फाइब’ सहितको सङ्क्रमण नेपालमा बढिरहेको सन्र्दभमा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड केन्द्रले बुधबार रातिदेखि लागू हुने गरी भीडभाडमा कडाइ गरेको छ। 

प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्न सबैलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश ढकालद्वारा जारी सूचनामा धेरै मानिस भीडभाड हुने क्रियाकलाप नगर्ने, विद्यालय, कलेज तथा ट्युसन सेन्टर र तालिमसहितका शैक्षिक क्रियाकलाप, सपिङ महल तथा  होटल रेष्टुराँ जनस्वास्थ्यको मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरेको छ।
 
यस्तै सार्वजनीक यातयातका सम्बन्धमा सवारीलाई नियमित रुपमा निसङ्क्रमित गर्ने, स्वास्थ्य मापदण्डको पालना गर्ने, खोप कार्ड अनिवार्य साथमा राख्ने तथा कोरोनाको लक्षण देखिएमा तुरुन्तै जाँच गराउन आग्रह गरेको छ।  प्रशासनले जारी गरेको आग्रहलाई सम्बन्धित स्थानीय तह, तथा समन्वयकर्ता र सरोकारवालालाई कार्यान्वयमा सहजीकरण गर्न प्रशासनले आग्रह गरेको छ। 

प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्