Kathmandu Press

लुटिएको रकमसहित दुई युवक पक्राउ

लुटिएको रकमसहित दुई युवक पक्राउ

जनकपुरधाम, साउन १२ : महिलाको रकम लुटेर फरार रहेका दुई युवालाई धनुषा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ निवासी २० वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय  दीपेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ।

Hardik ivf

सबैला नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–१ निवासी शर्मिलादेवीले गत सोमबार बिदेशबाट श्रीमान्ले पठाएको रु दुई लाख जनकपुरधामको मिल्स एरियास्थित एभरेष्ट बैंकबाट झिकेर प्लाष्टिकको झोलामा रकम र मोबाइल बोकी आउँदै गर्दा  लुटेर उनीहरु फरार भएका थिए।

घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा लुटिएको रकमसहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक  वसन्त रजौरेले जानकारी दिए।

पक्राउ परेका जितेन्द्रको साथबाट लुटिएको मोबाइल र रु ५४ हजार तथा दीपेन्द्रको साथबाट रु ७८ हजार बरामद भएको उनले बताए। 

प्रकाशित मिति: १४:५१ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्