र्यानएअरका स्पेनी केबिन कामदारद्वारा जनवरीसम्म आन्दोलन लम्ब्याउने
म्याड्रिड, साउन १२ : जुनको अन्त्यदेखि हडताल गरिरहेका आएरल्याण्डको र्यानएयरका स्पेनी केबिन कर्मचारीले आफ्नो आन्दोलनलाई जनवरीसम्म लम्ब्याउने घोषणा गरेका छन्। स्पेनी संघ युएसओ र...
म्याड्रिड, साउन १२ : जुनको अन्त्यदेखि हडताल गरिरहेका आएरल्याण्डको र्यानएयरका स्पेनी केबिन कर्मचारीले आफ्नो आन्दोलनलाई जनवरीसम्म लम्ब्याउने घोषणा गरेका छन्।
स्पेनी संघ युएसओ र सित्प्लाले बुधबार दिएको जानकारी अनुसार अगस्त ८ देखि जनवरी ७ सम्म प्रत्येक हप्ता सोमबारदेखि बिहीबारसम्म थप आन्दोलन हुनेछ।
संघले २२ दिन पारिश्रमिकसहितको बिदा र थप १४ वटा सार्वजनिक बिदा र स्वास्थ्य तथा सुरक्षासम्बन्धी नियमहरूजस्ता आधारभूत अधिकारको सम्मान गर्न माग जारी राखेका छन्।
संघले यसपहिले आन्दोलनमा सहभागी भएको भन्दै पदबाट बर्खास्ता गरिएका ११ जना कर्मचारीलाई पुन: स्थापित गर्न र हाल जारी रहेका अनुशासनात्मक कारबाहीहरू खारेज गर्न आग्रह गरेको छ।
युएसओ यूनियनकी प्रवक्ता मोनिका ओर्टेगाले भनिन्, 'उनीहरूले हामीलाई कुनै विकल्प नदिएका कारण आन्दोलनलाई विस्तार गर्नु परेको छ। कम्पनीले सामूहिक कार्य सम्झौता जस्तो आधारभूत कुरामा सम्झौता गर्न अस्वीकार गरिराखेको छ।'
यस वर्षको पहिलो छ महिनामा स्पेनी विमानस्थल हुँदै यात्रा गर्ने २२३ प्रतिशत यात्रुहरू र्यानएयरका भएका विमानस्थल सञ्चालक एनाले जारी गरेको तथ्याङ्कले देखाएको छ।
र्यानएयरका कर्मचारीको सोमबारदेखि बुधबारसम्मको आन्दोलनका कारण कूल २४ उडान रद्द भएका र स्पेनबाट ६८६ भन्दा बढी उडानहरू ढिला भएका बताइएको छ।












